• २०८१ बैशाख १५ शनिबार

बेलायती राजा चार्ल्सलाई अण्डा प्रहार गर्ने पक्राउपछि रिहा

kharibot

काठमाडौँ । बेलायती प्रहरीले एक सार्वजनिक कार्यक्रममा राजा चार्ल्स द्वितीयलाई अण्डा फ्याँकेको आशंकामा एक २० वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

एक महिनाअघि उत्तरी बेलायतस्थित योर्कको भ्रमणको क्रममा राजा चाल्र्स अण्डा प्रहारबाट मुश्किलले बचेका थिए । ७४ वर्षीय राजा चार्ल्स सामुदायिक नेताहरू र स्वैच्छिक संस्थाहरूलाई भेट्न, नयाँ सिख मन्दिर उद्दघाटन गर्न र नयाँ सार्वजनिक यातायात प्रणालीको भ्रमण गर्न लुटन गएका थिए थिए ।

नोभेम्बर ९ मा योर्कमा, ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजाले होइन’ भनेर चिच्याउँदै एक व्यक्तिले चार्ल्स र रानी कन्सोर्ट क्यामिलालाई अण्डा फालेका थिए । 

अभियुक्त पछि धरौटीमा रिहा भएका थिए । सो घटना एक महिनाअघि भए पनि बेलायतको प्रहरीले मंगलबार साँझ मात्र सार्वजनिक गरेको हो । सेप्टेम्बरमा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि राजा चार्ल्स द्वितीय बेलायतको राजा भएका थिए ।  १० दिने राष्ट्रिय शोकपछि महारानीको अन्त्येष्टि गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै