• २०८१ बैशाख १५ शनिबार

हजार्डद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यास

kharibot

काठमाडौँ । बेल्जियमका स्ट्राइकर इडेन हजार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय हजार्डले विश्वकपको समुह चरणबाट बाहिरिएको केहि दिन पछि सन्यासको घोषणा गरेका हुन् ।

बेल्जियमले हालै सम्पन्न विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । बेल्जियम समुह एफमा तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो । बेल्जियमले विश्वकपमा एक जित, एक हार र एक बराबरी खेलेको थियो । विश्वकपबाट बाहिरिएपछि बेल्जियमका सिनियर खेलाडीबीच ठुलो झगडा भएको विषय पनि बाहिर आएको थियो ।

विश्वकप अघि बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुनेले बेल्जियमका खेलाडीहरु बुढा रहेको टिप्पणी गरेकोप्रति कप्तान समेत रहेका हजार्डसहितका सिनियर खेलाडीले आपत्ति जनाएपछि झगडा भएको बताइएको थियो ।

हजार्डले बेल्जियमका लागि १२६ खेल खेल्दै ३३ गोल गरेका छन् । हजार्डले बेल्जियमका लागि पहिलो खेल २००८ मा खेलेका थिए ।

हजार्डको अन्तराष्ट्रिय फुटबलबाट सन्याससँगै बेल्जियम फुटबलको गोल्डेन जेनेरेसनको अन्त्य भएको विश्वास गरिएको छ । 

यस अघि बेल्जियम विश्वकपबाट बाहिरिए पछि प्रशिक्षक रोबेर्टो मार्टिनजले पनि प्रशिक्षक पद छोडेका छन् । 

हाल रियल म्याड्रिडको प्लेइङ-११ मा पर्न संघर्ष गरिरहेका हजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि क्लब फुटबलमा केन्द्रित गर्न सहयोग पुग्ने छ । २०१९ मा चेल्सीबाट रियल म्याड्रिड गएका हजार्ड लगातारको इन्जुरी र खराब फर्मका कारण अहिलेसम्म ७२ खेलमा केवल ७ गोल गरेका छन् ।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै