• २०८१ बैशाख १४ शुक्रबार

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउदै मोरक्को क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

मोरक्कोले स्पेनलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । यस अघि मोरक्को १९८६ मा राउण्ड १६ सम्म पुगेको थियो । 

पेनाल्टी सुटआउटमा स्पेनले शुरुका लगातार तीन पेनाल्टी मिस गरेको थियो भने मोरक्कोको तेस्रो पेनाल्टी स्पेनका गोलकिपरले बचाएका थिए ।

यसअघि स्पेन र मोरक्कोबीच निर्धारित ९० मिनेटको खेलमा गोलरहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै देशबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउट बाट भएको थियो । 

योसँगै २०१० को विश्वकप विजेता स्पेनको विश्वकप यात्रा टुंगिएको छ । त्यस्तै अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगल र स्वीजरल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै