• २०८१ बैशाख १५ शनिबार

भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास सम्भव- पौडेल

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र कमिसनतन्त्र रोक्न सके मात्र देश विकास हुने बताएका छन् ।

तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरतासहित सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्नुपर्नेमा जोड दिए । 

'देशलाई सुशासन आवश्यक छ, भ्रष्टाचार  र कमिसनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ', उनले भने ।  यस्तै नेता पौडेलले कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर बन्न सकिने बताए ।

उनले गाउँ गाउँमा उद्योग खोलेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै