• २०८१ बैशाख १६ आइतबार

ट्युनिसियासँग हार्यो फ्रान्स

kharibot

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा फ्रान्स ट्युनिसियासँग पराजित भएको छ ।

बुधबार समुह डी अन्तर्गतको खेलमा ट्युनिसियाले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

ट्युनिसियाको जितमा खेलको ५८औं मिनेटमा वाह्बी खाज्रीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जित हासिल गरेपनि ट्युनिसिया समुह चरणबाट अगाडी बढ्न भने सकेन । ट्युनिसियाको ३ खेलमा ४ अंक भएको छ र समुहमा तेस्रो भएको छ । ट्युनिसियाले यसअघिका एक खेल बराबरी खेलेको थियो भने एक खेलमा हार बेहोरेको थियो ।

त्यस्तै फ्रान्स भने हारका बाबजुत समुह विजेता हुदै नकआउट चरणमा प्रवेश गरेको छ । फ्रान्सको ३ खेलमा ६ अंक रहेको छ । साथै यस समुहबाट अस्ट्रेलियाले डेनमार्कलाई हराउदै उपविजेता बनेर नकआउट चरणमा पुगेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै