• २०८१ बैशाख १६ आइतबार

समानुपातिकतर्फ एक करोड मत गणना, कुन दलले कति पाए ?

kharibot

काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (बुधबार विहान ९ बजेसम्म) अनुसार अहिलेसम्म एक करोड ८ हजार ३०२ मत गणना भइसकेको छ ।

जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडी रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २६ लाख ९६ हजार ७५७ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २५ लाख ५३ हजार ९४ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म ११ लाख ४३ हजार ८९४ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ९८ हजार २७५ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ५ लाख ७० हजार ६५४ मत प्राप्त गरेको छ भने जसपाले ३ लाख ८९ हजार १९७ मत प्राप्त गरेको छ ।

त्यसैगरी जनमत पार्टीले ३ लाख ४९ हजार ३५२ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादी पार्टीले २ लाख ८२ हजार २६२ मत प्राप्त गरेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ५९ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख ४८ हजार ५७ तथा नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६०३ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

त्यस्तै हाम्रो नेपाली पार्टीले ५३ हजार ९३७ मत प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै