• २०८१ बैशाख १६ आइतबार

समानुपातिकतर्फ ९२ लाख मत गणना, कुन दलले कति पाए ?

kharibot

काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (सोमबार बिहान ७:०० बजे ) अनुसार अहिलेसम्म ९२ लाख ३९ हजार ७७२ मत गणना भइसकेको छ ।

जस अनुसार नेकपा एमाले सबैभन्दा अगाडी रहेको छ । एमालेले समानुपातिकमा अहिलेसम्म २५ लाख १९ हजार ३१६ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २३ लाख ८७ हजार ३१९ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेर तेस्रो स्थानमा पुन: उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले १० लाख ५९ हजार ३२२ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म १० लाख ५२  हजार ७८८ मत प्राप्त गरेर चौथो स्थानमा छ ।

त्यस्तै राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ५ लाख ४४ हजार २५० मत प्राप्त गरेको छ भने जसपाले ३ लाख १९ हजार ४१९ मत प्राप्त गरेको छ ।

त्यसैगरी जनमत पार्टीले २ लाख ५६ हजार १७ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादी पार्टीले २ लाख ४८ हजार ८४९ मत प्राप्त गरेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९२४ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख २६ हजार ३६ तथा नेपाल मजदुर किसान पार्टीले ७२ हजार ७२६ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

त्यस्तै हाम्रो नेपाली पार्टीले ५२ हजार ७८४ मत प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै