• २०८३ भदौ २९ सोमबार

समानुपतिकतर्फ एकीकृत समाजवादीको दुई लाख नाघ्यो, कुन दलको कति पुग्यो ?

समानुपतिकतर्फ एकीकृत समाजवादीको दुई लाख नाघ्यो, कुन दलको कति पुग्यो ?

काठमाडौँ । समानुपातिकतर्फ नेकपा एमाले शिर्ष स्थानमा रहेको छ ।

निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो अपडेट (शनिबार राती १०:२०  बजे ) अनुसार एमालेले समानुपातिकमा अहिलेसम्म २१ लाख ८४ हजार ८९ मत प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसले २० लाख ९७ हजार ७४४ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ ।

पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रले समानुपातिकतर्फ अहिलेसम्म ९ लाख २४ हजार ६०९ मत प्राप्त गरेर तेस्रो स्थानमा छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ८८ हजार ५७८ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै राप्रपाले समानुपातिकतर्फ अहिलेसम्म ४ लाख ६९ हजार ७५० मत प्राप्त गरेको छ भने जसपाले २ लाख ५६ हजार ७४ मत प्राप्त गरेको छ ।

त्यसैगरी एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत प्राप्त गरेको छ भने जनमत पार्टी ले एक लाख ९१ हजार ९० मत प्राप्त गरेको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले एक लाख ७८ हजार ७७६ मत प्राप्त गरेको छ भने लोसपाले एक लाख ७ हजार ५४३ तथा नेपाल मजदुर किसान पार्टीले ६८ हजार २९९ प्राप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।

त्यस्तै हाम्रो नेपाली पार्टीले ४६ हजार १७३, राष्ट्रिय जनमोर्चाले ४१ हजार ६६५ मत प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै