दाङ । दाङ-१ मा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउदै लगेका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार मेटमणि चौधरीले १४ हजार ७०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेकपा एमालेबाट उम्मेदार बनेकी शान्ता चौधरीले ११ हजार २९१ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्मको मत गणनामा मेटमणि ३४१४ मतले अगाडी रहेका छन् ।
त्यस्तै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ८ हजार ५४० मत प्राप्त गरेका छन् ।