• २०८३ भदौ ३० मंगलबार

अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

सन्धिखर्क । अर्घाखाँचीबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी विजयी भएका छन् ।

रायमाझीले नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई पराजित गरेका हुन् ।

रायमाझीले ४२ हजार ६७५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनकी निकटतम प्रतिद्वन्दी पुष्पा भुसालले ४० हजार ९४५ मत प्रप्त गरेकी छन् । 

रायमाझी अर्घाखाँचीबाट लगातार चौथो पटक विजयी भएका छन । उनी यसअघि माओवादी केन्द्रबाट तीन पटक विजयी हुदै आएका थिए । 

त्यस्तै अर्घाखाँचीका प्रदेशतर्फका दुवै सिटमा एमालेका उम्मेदवार विजयी भएका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै