• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँ-२ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता विजयी

kharibot

काठमाडौँ । काठमाडौं-२ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् ।

मत परिणामअनुसार २७ वर्षीया गौतमले १५ हजार २२९ मत प्रप्त गर्दै जित हासिल गरेकी हुन् ।

उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन् । गौतमले ३ हाजर ६७४ मत अन्तरले जित हासिल गरेकी छन् ।

त्यस्तै राप्रपाकी कुन्तीदेवी पोखरेलले ११ हजार ४१४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै यस क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी ओनसरी घर्तीले ९ हजार ४४८ मत प्राप्त गर्दै चौथो स्थानमा रहेकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै