• २०८१ बैशाख १६ आइतबार

अर्थमन्त्री शर्मालाई सुरुवाती अग्रता

kharibot

सुर्खेत । शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका अर्थमन्त्री जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् ।

मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शर्माले पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये ३५९ मत ल्याएका छन् ।

उनका उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् ।

२०६४ सालदेखि निरन्तर विजयी हासिल हुँदै आएका शर्मा यसपटक चौथो विजयको दौडमा छन् । 

राप्रपाका उम्मेदवार दिपककुमार मल्लले ७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले दुई मत ल्याएका छन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै