काठमाडौं । काठमाडौं-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो अग्रता कायम राखेका छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार सिंहले १११८ मत प्राप्त गरेका छन् ।
त्यस्तै यस अघि पछाडी रहेका एमालेका किरण पौडेलले १०१९ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएका छन् ।
त्यस्तै यसअघि दोस्रो स्थानमा रहेका राप्रपाका रविन्द्र मिश्र भने अहिले तेस्रो स्थानमा रहेका छन् । मिश्रले ८९६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम ६०२ मतसहित चौथो स्थानमा छन् भने नेपाल सुशासन पार्टीका उम्मेदवार रमेश खरेलले ३५७ मत प्राप्त गरेका छन् ।