• २०८३ कार्तिक २८ शनिबार

गर्नाचोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी

गर्नाचोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले रोचक जित हात पारेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा युवा खेलाडी अलेजान्द्रो गर्नाचोले निर्णायक गोल गरेका थिए । उनले १-१ को बराबरीमा रहेको अवस्थामा खेलको ९३औं मिनेटमा गोल गर्दै युनाइटेडलाई जिताएका थिए ।

यसअघि म्यानचेस्टर युनाइटेडलाई खेलको १४औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि फुलह्यामका डेनियल जेम्सले खेलको ६१औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलमा २६ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै फुलह्यामको १५ खेलमा १९ अंक रहेको छ र लिगमा नवौं स्थानमा रहेको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै