• २०८३ भदौ २९ सोमबार

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार परियारको समानुपतिक उम्मेदवारी खारेज

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार परियारको समानुपतिक उम्मेदवारी खारेज

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको समानुपतिक उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले काँग्रेसबाट समानुपातिक उम्मेदवार भएर पनि लाभको पदमा कायम रहेको भन्दै उनको उम्मेद्वारी सूचीबाट हटाएको हो ।

परियारसँगै आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार बनाएका ५५० जनाको नाम हटाएको छ ।

आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको उम्मेदवारी खारेज गरेको हो ।

आयोगले बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ जना र प्रदेशसभा सदस्यतर्फ २९ जना गरी ५२ जना, दोहोरो उम्मेदवारी परेका ६६ जना, महिला पुरुषको विवरण फरक परेका ३७ जना, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका छ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका छ जनाको नाम पनि सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै