• २०८१ बैशाख १५ शनिबार

तिनाउ खोलाले बगाउँदा बालकको मृत्यु

kharibot

पाल्पा  । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभानमा तिनाउ खोलाले बगाएर तीन वर्षीय मायुस सारुको मृत्यु भएको छ ।

आइतबार दिउँसो दिदीसँग नुहाउन खोलामा गएका सारुको तिनाउ खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

नुहाउने क्रममा खोलामा बेपत्ता भएका सारुलाई खोजी गर्ने क्रममा १ हजार ५ सय मिटर तल फेला परेका थिए ।

उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै