• २०८३ कार्तिक २८ शनिबार

असन्तुष्ट रोनाल्डो !

असन्तुष्ट रोनाल्डो !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टरर युनाइटेडमा नियमित खेल नपाउदा उनले क्लब छोड्ने अड्कलबाजी शुरु भएको छ ।

बुधबार राति म्यानचेस्टर युनाइटेडले टोटनह्यामविरुद्ध २-० को जित निकाल्दा रोनाल्डोले पुरै समय बेन्चमा बिताए । असन्तुष्ट रहेका रोनाल्डो खेल सकिनु करिब २ मिनेट अघि नै मैदान छोडेर गएका थिए । रोनाल्डोको अनुहार र व्यवहारमा खेल्न नपाएको असन्तुष्टि स्पष्ट देखिन्थ्यो ।

खेलपछि प्रशिक्षक एरिक टेन ह्यागले आफ्नो रोनाल्डोसँग आज कुरा नगर्ने, यस विषयमा भोलि मात्र कुरा गर्ने प्रतिक्रिया दिएका थिए ।

यस सिजनमा रोनाल्डोले आफ्नो फर्म पाउन संघर्ष गरिरहेका छन् भने अर्को तर्फ उनी टिममा नियमित खेल्न समेत पाएका छैनन् । यस सिजनमा युनाइटेडका लागि १२ खेलमा केवल २ गोल गरेका रोनाल्डोले प्रिमियर लिगमा ८ खेलमा एक गोल मात्र गरेका छन् । अघिल्लो सिजनमा ३८ खेलमा २४ गोल गरेका रोनाल्डोले यस सिजनको शुरुदेखि नै म्यानचेस्टर युनाइटेड छोड्ने प्रयास गरिरहदा खेल भने राम्रो हुन सकेको छैन ।

अर्को तिर प्रशिक्षक ह्यागले रोनाल्डो बाहेकोको टिमलाई खेलाउने प्रयास गरिरहदा उनी अझ असन्तुष्ट बनेको देखिन्छ । ह्यागले आफु कुनै व्यक्तिगत खेलाडी भन्दा पनि म्यानचेस्टर युनाइटेडका लागि राम्रो टिमको कम्बिनेसन बनाउन लागिरहेको बताउदै आएका छन् । उनले रोनाल्डोप्रति कुनै पूर्वाग्रह नरहेको पनि पटक पटक बताउदै आएका छन् ।

टोटनह्यामविरुद्ध रोनाल्डोलाई नखेलाएपछि र रोनाल्डोको असन्तुष्टिपछि अब आगामी जनवरी ट्रान्सफरमा उनले युनाइटेड छोड्ने सक्ने अड्कलबाजी तिब्र भएको छ । यस अघि यस सिजनको शुरुमा पनि रोनाल्डोको अन्य क्लबमा जाने प्रयास असफल भएको थियो । रोनाल्डोलाई ठुला क्लबहरुले भित्र्याउन अस्वीकार गरेका थिए ।

सबैभन्दा बढी रुची देखाएको चेल्सीले पनि अन्तिम समयमा रोनाल्डोलाई भित्र्याउन अस्वीकार गरेको थियो । चेल्सीका पुर्व प्रशिक्षक थोमस टुचेलले रोनाल्डोलाई भित्र्याउन अस्वीकार गरेकै कारण उनलाई बर्खास्त गरिएको समेत टिप्पणी गरिएको छ । धेरै जसो फुटबल पण्डितहरुले जनवरी ट्रान्सफरमा रोनाल्डो चेल्सी जानसक्ने अनुमान गरिरहेका छन् । उनलाई चेल्सीका प्रेसिडेन्ट टोड बोएहलीले अहिले पनि रोनाल्डोलाई भित्र्याउन चाहेको बताइन्छ ।

त्यो बाहेक रोनाल्डो आफ्नो पुर्वक्लब स्पोर्टिंग लिस्बन पनि जानसक्ने बताइएको छ । रोनाल्डोले च्याम्पियन्स लिग खेल्नकै लागि क्लब छोड्ने लागेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै