• २०८१ बैशाख १६ आइतबार

विकासलाई भारोत्तोलनमा कीर्तिमानी स्वर्ण पदक

kharibot

काठमाडौं । नेपाल पुलिस क्लबका खेलाडी विकास थापाले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको पुरुष ८१ केजी तौलसमूहका क्लिन एन्ड जर्कमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

पोखरास्थित उद्योग वाणिज्य संघको हलमा मंगलबार पहिलो पटक १३५ केजी उठाउन असफल रहेका विकासले दोस्रो पटक १३५ केजी नै उठाएका थिए । तेस्रोपटकमा १३९ केजी उठाएका उनले कीर्तिमानसहित स्वर्ण पदक जिते ।

मधेस प्रदेशका राजगुरु यादवले रजत तथा सुदूर पश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य पदक जिते । यसअघि मंगलबार नै भएको महिला ७१ केजी तौल समूहमा पनि पुलिसकै जुनुमाया छन्त्यालले कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय