काठमाडौं । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सिटको बाँडफाँट गरेको छ ।
जसपा गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गर्ने तयारी गरेपछि उसलाई छुट्याएको १३ सिट बाँकी राखेर गठबन्धनले शुक्रबार राति अबेर सहमति गरेका छन् ।
प्रतिनिधिसभाका १६५ सिटमध्ये १५२ सिट बाँडफाँट गरिएको छ र भने १३ सिट खाली राखिएको छ । बाँडफाँट गरिएका सिट मध्ये नेपाली काँग्रेसले ८४ क्षेत्रमा उमेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्र पाएको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले १९ सिट पाएको छ भने राष्ट्रिय जनमोर्चालाई दुई सिट दिइएको छ ।
त्यस्तै प्रदेशसभातर्फका ३३० सिटमध्ये गठबन्धनमा कांग्रेसले १५६ सिटमा लिएको छ भने माओवादी केन्द्रले ९९, एकीकृत समाजवादीले ३६ सिट पाएको छ । त्यस्तै २७ प्रदेशसभाको सिट खाली राखिएको छ । त्यसैगरी जनमोर्चालाई प्रदेशसभामा सिट छुट्याइएको छैन ।
गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गर्ने तयारी गरेकाले शनिबार बिहान बसेर टुंगाउने भएको छ । लोसपाले गठबन्धनमा सामेल हुन प्रतिनिधिसभामामा १५ सिट र मधेशप्रदेशमा सरकारको नेतृत्व मागिरहेको छ ।









