• २०८३ कार्तिक २९ आइतबार

बोलोग्नामाथि युभेन्टसको शानदार जित

बोलोग्नामाथि युभेन्टसको शानदार जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा युभेन्टसले बोलोग्नालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा फिलिप कोस्टिक, दुसान भ्लाहोभिक र अर्काडिउस्ज मिलिकले एक एक गोल गरेका थिए ।

यो युभेन्टसको यस सिजनको तेस्रो जित हो । युभेन्टसको ८ खेलमा ३ जित, ४ बराबरी र एक हारसहित १३ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

त्यस्तै बोलोग्नाको ८ खेलमा ६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै