• २०८१ बैशाख १४ शुक्रबार

ट्युनिसियामाथि ब्राजिलको फराकिलो जित

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले ट्युनिसियामाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा ब्राजिलले ट्युनिसियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरेका थिए भने रिचार्लिसन, नेइमार र पेड्रोले एक एक गोल गरेका थिए । त्यस्तै ट्युनिसियाका लागि मोन्टासार ताल्बीले एक गोल फर्काएका थिए ।

यस खेलमा खेलको ४२औँ मिनेटमा डिलान ब्रोनले रातो कार्ड पाएपछि ट्युनिसिया १० खेलाडीमा सिमित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै