• २०८१ बैशाख १४ शुक्रबार

सिलौटाले छातीमा प्रहार गरी श्रीमतीको हत्या

kharibot

धनुषा । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरेका रेबियाले ३२ वर्षीया श्रीमती दुलारी सदालाई सिलौटाले छातीमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै