काठमाडौँ । विश्वभर रिलिज भएको फिल्म ‘प्रेमगीत ३’ ले तीन दिनमा विश्वभर ११ करोड १८ लाख भारतीय रुपैयाँ ( १७ करोड ८८ लाख नेपाली रुपैयाँ) कमाई गरेको छ ।
निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्मले शुक्रबार भारतमा १.१२ (एक करोड ७९ लाख नेपाली) करोड कमाई गरेको थियो भने शनिबार भारतमा ८३ लाख (एक करोड ३२ लाख नेपाली रुपैयाँ) कमाई गरेको छ । त्यस्तै आइतबार विश्वभर २ करोड ३९ लाख भारू ( ३ करोड ८२ लाख नेरु) कमाई गरेको छ ।
भारत बक्स अफिस
शुक्रबार- १.१२ करोड भारु (१.७९ करोड नेरु)
शनिबार- ०.८३ करोड भारु (१.३२८ करोड नेरु)
आइतबार- ०.६४९ करोड भारु (१.०३ करोड नेरु)
कुल- २.५९९ करोड भारु (४.१५ करोड नेरु)
नेपाल बक्स अफिस
शुक्रबार- २.०५ करोड भारु (३.२८ करोड नेरु)
शनिबार १.६७ करोड भारु (२.६७ करोड नेरु)
आइतबार ०.९५५ करोड भारु (१.५ करोड नेरु)
कुल: ४.६७ करोड भारु (७.४७ करोड नेरु)
ओभरसिज बक्स अफिस
शुक्रबार- १.६७ करोड भारु (२.६७ करोड नेरु)
शनिबार- १.२३ करोड भारु (१.९६ करोड)नेरु
आइतबार- ०.७९३ करोड भारु (१.२६ करोड नेरु)
कुल: ३.६९ करोड भारु (५.९ करोड नेरु)
नेपाल बाहिर नेपाली भर्सन र भारतमा हिन्दी डब एकसाथ प्रदर्शनमा आएको थियो भने नेपाल भने हिन्दी डब सोमबारबाट रिलिज भएको छ ।