• २०८१ बैशाख १५ शनिबार

आबेको अन्त्यष्टि खर्च विवादमा

kharibot

काठमाडौँ । देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्यष्टि अर्को साता हुने भएको छ । अन्त्यष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो ।

सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्त्यष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्त्यष्टिमा लागेको खर्चभन्दा बढी हो ।

आबेको अन्त्यष्टिको विवादले जापानमा प्रदर्शन सुरु गरेको छ ।  यसै साताको सुरुमा आबेलाई राजकीय अन्त्यष्टि गर्ने सरकारको घोषणाको विरोधमा एक व्यक्तिले प्रधानमी फुमिको किसिदाको आवास नजिक आत्मदाहको प्रयास गरेका थिए ।

आबेको अन्तेष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन् । प्रधानमन्त्रीको रूपमा आबेको नीतिहरूले जापानलाई विभाजित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय