• २०८१ बैशाख १४ शुक्रबार

प्रेम गीत-३ बारे दीपकराज गिरीको टिप्पणी- सबैलाई सिध्याएर आफु मात्र राज गर्ने हो ?

kharibot

काठमाडौँ । प्रेम गीत-३ को हिन्दी भाषामा डब गरिएको फिल्मको विवादले फिल्मी क्षेत्र विभाजित भएको छ ।

फिल्मको रिलिज मिति नजिक आउदै गर्दा हिन्दी भाषामा डब गरिएको प्रेम गीत-३ लाई विदेशी फिल्म सरह कर लगाइने भएपछि निर्माण पक्ष आक्रामक हुदै मिडियामा आएको छ भने यसका पक्ष विपक्षमा पनि फिल्मी क्षेत्रका कलाकार, निर्माता, निर्देशक विभाजित भएका छन् ।

यसैबीच चर्चित कलाकार एवं फिल्म निर्माता निर्देशक दीपक राज गिरीले प्रेम गीत-३ को निर्माण पक्षलाई सबैलाई सिध्याएर आफुले मात्र राज गर्न खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गिरीले प्रेम गीत-३ को यति राम्रो हाइप हुदा हुदै सबैलाई गालि गरेर फिल्म चलाउने हो भन्दै निर्माण पक्षसँग प्रश्न गरेका छन् ।

उनले हिन्दी भाषाको नियम अनुसार कर तिर्न पनि निर्माण पक्षलाई सुझाव दिएका छन् ।

उनले लेखेका छन्- 

भूवन केसी , अनमोल केसी, झरना थापा ,म अब हूदॉ हूदॉ आदरणीय सरोज खनाल दाइ उफ…
यो लिष्ट निक्कै लामो हूदैछ दिनप्रति ….
सबैलाइ गालि गरेरै फ़िल्म चलाउने हो ? यति राम्रो हाइप हूदॉहूदै के गर्या यो?  
आफ्ना  मान्छे लगाएर सामान्य दर्शकलाइ पनि  उचालेर उद्योगका मान्छे लाइ गालि गर्न लगाएर  सबैलाइ सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने ?
अनि आफू मात्रै राज गर्ने हो ? घर नै नरहे कॉहा बस्छौ साथि ? जे जे गर्यौ महान काम गर्यौ, तर  हिन्दी भाषाकोमा नियम अनुसार कर तिर… 

वरू राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा extra छुट माग  सक्किगो त ….यति लेखे पछि bycutanmol मा मेरो पनि नाम थपौला ,निर्देशन अनुसार गालि गलौच पनि गरौला पक्कै पनि !

तर यति ठूलो तिमिहरूको अन्याय कसरी सहेर बस्नु? साथिहरूले कसरी सहेर बसें मैले चाहि सकिन माफ पॉउ !

हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन? आफ्ना  सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथि ! तपाइको फ़िल्म चल्दा हामि कसैको बेफाइदा छैन, तपाइको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ !फाइदा नै छ !
सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ  ! होइन भने एकले अर्को लाइ नसकौ ! 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै