• २०८१ बैशाख १५ शनिबार

अमेरिकामा बलात्कारीको हत्या गर्ने किशोरीलाई पाँच वर्ष जेल

kharibot

काठमाडौं । आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल  सजाय सुनाएको छ ।

अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि जाँचरी ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिएको छ ।

 उनी त्यतिबेला १५ वर्षकी थिइन् । गत वर्ष उनले अनिच्छुक हत्या र जानाजानी चोटको लागि दोषी स्वीकार गरेकी थिइन । दुवै अभियोगमा १० वर्षसम्मको जेल सजाय हुन्छ ।

लुइसलाई मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले सजाय सुनाएका हुन् । न्यायाधीशले उनलाई आवासीय सुविधामा राख्न आदेश दिएका छन, जहाँ उनले ट्र्याकिङ उपकरण लगाउनु पर्छ । 

‘जीवनको अर्को पाँच वर्ष तपाईं असहमत हुने नियम लागू हुनेछ । म पक्का छु’, पोर्टरले भने, ‘तपाईंले मागेको यो दोस्रो मौका हो । तपाईंले तेस्रो मौका पाउनुहुन्न ।’

सन् २०२० मा एक व्यक्तिले उनलाई एउटा घर भित्र लगेर यौनका लागि अरूलाई बेचबिखन गरेको थाहा पाएपछि उनी भागेकी थिइन् ।

आफूलाई बलात्कार गर्नेमध्ये एक जना ३७ वर्षीय ब्रुक्स पनि भएको उनले अदालतलाई बताएकी छिन् । ब्रुक्सले आफूलाई धेरै पटक बलात्कार गरेको उनले दाबी गरेकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै