• २०८१ बैशाख १४ शुक्रबार

डा. नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई यसवर्षको मदन पुरस्कार

kharibot

काठमाडौँ । यस वर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य 'अग्नि'लाई प्रदान गरिएको छ ।

मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले डा. लम्सालको कृतिको प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

त्यस्तै मदन पुरस्कार गुठिले २०७८ सालको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

यस बर्षको मदन पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका थिए । मदन पुरस्कार गुठिका अनुसार  पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका थिए  ।

अग्निसहित ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश), सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै