• २०८१ बैशाख १७ सोमबार

बोरिस जोन्सन कीभ पुगे, जेलेन्स्की भन्छन्- बेलायत जस्तो साथी पाउनु युक्रेनीको भाग्य हो

kharibot

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन युक्रेनको कीभ पुगेका छन् । बुधबार युक्रेनले आफ्नो ३१औं स्वतन्त्रता दिवस मनाइरहेको सन्दर्भमा प्रधानमन्त्री जोन्सन कीभ पुगेर राष्ट्र्पति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् ।

सन् १९९१ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको घोषणा गरेको सम्झनामा अगष्ट २४ लाई युक्रेनले स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ ।

जेलेस्न्कीले जोन्सनको आगमनबाट आफु खुशी भएको उल्लेख गर्दै बेलायतले गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । जेलेन्स्कीले रुसले युक्रेनमा आक्रमण गरेको पहिलो दिनदेखि नै बेलायतले युक्रेनलाई सहयोग र समर्थन गरेको उल्लेख गर्दै बेलायत जस्तो साथी पाएकोमा युक्रेनी भाग्यमानी रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा विशेष गरी रुसी क्षेप्यास्त्र आक्रमण गर्न सक्ने डरले कीभका अधिकारीहरूले बिहीबारसम्म राजधानीमा ठूलो जमघटमा प्रतिबन्ध लगाएका हुन् । 

यसै सन्दर्भमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई भन्नुभएको छ, “रूसी उक्साहट र निर्मम आक्रमणको सम्भावना छ । कृपया सुरक्षा नियमहरू कडाईका साथ पालन गर्नुहोस् । कृपया कर्फ्यूको पालन गर्नुहोला । एयर साइरनमा ध्यान दिनुहोला । आधिकारिक घोषणाहरूमा ध्यान दिनुहाला । हामी सबैले मिलेर विजय हासिल गर्नुपर्छ ।”

आफ्नो पूरा नाम उल्लेख नगर्ने शर्तमा तेत्याना नामकी सेवानिवृत्त एक महिलाले भन्नुभयो, “युक्रेनमा के भइरहेको छ भनेर मैले जे देख्छु र सुन्छु, त्यसैले म रातमा निदाउन सक्दिनँ । यो युद्ध होइन । यो युक्रेनी जनताको विनाश हो ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै