• २०८१ बैशाख १७ सोमबार

ल्हाक्याप भीरको फलामे गोरेटो (फोटो फिचर)

kharibot

माथि टोपी खस्ने अक्करे भीर । तल सलल... बगिरहेको ब्रम्हायणी नदी । भित्तामा समातेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता । भीरको बाटो हुँदै हुँदै गरिने यात्राका क्रममा तलतिर होस् वा माथितिर हेर्दा आङनै जिरिङ्ङ्गै हुनेगर्छ । सिन्धुपाल्चोकको निकै बिकट भनेर चिनिने जुगल गाउँपालिकाको तेम्बाथान, दिपुलगायतका गाउँमा जान यो अक्करे भीरविना सम्भव छैन ।

त्यसैले सम्भावित दुर्घटना रोक्न गाउँपालिकाले भीरमा फलामे बार लगाएको छ । तर, जोखिम उस्तै छ । पहाडै पहाडको बीचमा चिटिक्क परेको फलामे गारेटो देख्दा निकै सुन्दर पनि छ । यही बाटो कसैका लागि रमाईलो छ भने कसैको बाध्यता हो  थोरै होस् गुमाए सिँधै ब्रम्हायणी नदिमा । यो हो जुगल गाउँपालिका-३ मा रहेको ल्हाक्याप भीर । तस्बिर : सम्झना कार्की/न्युज कारखाना

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै