• २०८१ बैशाख १४ शुक्रबार

कल्याणपुर–गाईघाट सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिइने

kharibot

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेका छन् ।

मन्त्री यादवले वन ऐन, २०७६ को दफा ४२ को उपदफा (१) र वन नियमावली, २०७९ को नियम ९० बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका शर्तहरू पालना गर्ने गरी कल्याणपुर–गाईघाट सडकखण्ड निर्माण गर्न सप्तरी र उदयपुर जिल्लाको राष्ट्रिय वनको १५.८३१ हेक्टर वन प्रयोग गर्न दिइने निर्णय गरेका उनको सचिवालयले जनाएको छ । 

यसैगरी उक्त राष्ट्रिय वनमा रहेका करिब तीन हजार दुई सय १९ वटा रुख हटाउनका लागि स्वीकृत दिने निर्णय भएकोसमेत मन्त्रालयले जनाएको छ ।

वनको जग्गा प्रयोग गर्न नपाएका कारण उक्त सडक निर्माणमा समस्या भएको जानकारी पाएपछि मन्त्री यादवले वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेका छन् । 

मन्त्रालयले सडक निर्माणका लागि वनको जग्गा प्रयोग गर्न दिने र रुख हटाउन दिने विषयमा स्वीकृति दिएपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै