• २०८१ बैशाख १४ शुक्रबार

‘स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिनु हुँदैन ’

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थानुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले  स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए ।

सोही दलका सांसद महेश बस्नेतले मङ्गलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे । यस्तै, उनले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै