• २०८१ बैशाख १४ शुक्रबार

४५ अंकले घट्यो नेप्से

kharibot

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ४५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.४२ अङ्कले ओरालो लागेर २०६०.७३ विन्दुमा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ९.६८ अङ्कले ओरालो लागेर ३९६.४२ मा सीमित भएको छ ।

त्यस्तै कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा कारोबार भयो । 

आज कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । आज सबैभन्दा बढी अन्य उपसमुहको शेयर मुल्य ३.७७ प्रतिशतले घटेको छ ।

आज कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड १० लाख ९७ हजार ७६६ बराबरको कारोबार भयो । शिभम सिमेन्टको १३ करोड ८ लाख र हिमालयन डिस्टिलरी १० करोड ७ लाख कारोबार भएको छ ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा ९.९७ प्रतिशतले वृद्धि भएको छ भने गणपति लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.२७ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै