• २०८१ बैशाख १५ शनिबार

डिशहोमको नयाँ सेवा, डिशहोम आई टिभी

kharibot

काठमाडौं । ईन्टरनेट सेवालाई द्रुतगतिमा विस्तार गरिरहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर डिश मिडिया नेटवर्कले IP टिभीको सेवाशुभारम्भ गरेको छ । 

डिशहोमआई टिभीको नाममा यो सेवाको सुरुवात भएको जनाउँदै ग्राहकहरुले DTH लाई जस्तै अन्य सेवाप्रदायकको भन्दा गुणस्तरीय र उत्कृष्ट सेवा दिनेमा कम्पनीले विश्वास लिएको छ । 

नेपालको एक मात्र DTH सेवाप्रदायक डिश मिडिया नेटवर्क विगत १२ बर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचानवनाउन सफल रहेको छ ।

२०६७ सालमा होमटिभीको नाममा आफ्नो सेवाप्रारम्भ गरेकोमा पछि डिश नेपालसँग मर्जर गरि डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको थियो । 

नेपालका कुना काप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरुसँगै गुणस्तरीय बिक्रि पछिको सेवा पनि प्रदान गर्दै आएको छ । 

टिभीमा मात्र आफ्नो सेवाप्रदान गरिरहेको डिश मिडिया नेटर्वकले आफ्नो व्यवसायलाई विस्तारसँगै अन्य सेवाप्रदायक भन्दा उत्कृष्ट, सर्वसुलभ र गुणस्तरीय सेवाप्रदान गर्नका लागि केवल टिभी, ईन्टरनेट,Terrestrial (T2)टिभी र आईपी टिभीमा समेत आफ्नो सेवालाई विस्तार गरेको छ । 

ग्राहकहरुको मन जित्न सफल ईन्टरनेट सेवा डिशहोम फाईवरनेट, सबैभन्दा बढी सन्तुष्ट ग्राहक र ठुलो नेटवर्क रहेको केवल टिभी नेटवर्क सिम टिभी, र तार रहित Terrestrial (T2) टिभी मार्फत ग्राहकहरुलाई आफ्नो सेवाप्रदान गरिरहेको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै