• २०८१ बैशाख १४ शुक्रबार

संविधान गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन- गृहमन्त्री खाण

kharibot

काठमाडौं  । गृहमन्त्री बालकृष्ण खाणले संविधान देशको गतिशील दस्तावेज रहेको बताएका छन् । 

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधान गतिशील दस्तावेज भएकाले आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताए । 

‘संविधान देशको गतिशील दस्तावेज हो, धार्मिक ग्रन्थ होइन । यसर्थ आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्छ,’ उनले भने, ‘नागरिकता प्राप्त गर्न खुकुलो बनाएको होइन । नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्न विधेयक ल्याएको हो ।’ 

सर्वसम्मत रूपमा विधेयक पास गर्न आग्रह गरेका उनले अघिल्लो सरकारले ल्याएको विधेयक र अध्यादेशकै आधारशिलामा रहेर अहिले विधेयक ल्याएको बताए । 

विधेयकमा केही कमीकमजोरी भए पछि संशोधन गर्दै जानुपर्ने बताएका गृहमन्त्री खाणले उक्त विधेयक अहिले पारित गरेर नागरिकताविहीन नागरिकको संख्या घटाउनुपर्नेमा जोड दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै