• २०८१ बैशाख १४ शुक्रबार

एनभिए लिग- रेफ्रीमाथि दुर्व्यवहार गर्ने दुई खेलाडीलाई एक वर्ष निलम्बन गर्न सिफारिस

kharibot

काठमाडौं  । एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिवल क्लब लिग क्रममा गत वैशाखमा रेफ्रीमाथि दूर्ब्यवहार गर्ने तीन खेलाडीमाथि प्रतिबन्ध गर्न सिफारिस गरिएको छ ।  

विवाद पछि बनेको नेपाल भलिबल संघको अनुशासन कमिटिले उक्त घटनाको प्रतिवेदन तयार गर्दै तीन खेलाडीलाई एक वर्ष प्रतिबन्ध र खेलका क्रममा कालोपट्टी बाध्ने रेफ्री र कोटमा प्रवेश गर्ने हेल्प नेपालका प्रतिनिधिलाई स्पष्टिकरण सोध्न सिफारिस गरेको हो । 

एनभिएको आगामी बैठक साउन ५ मा काठमाडौंमा बस्दैछ । जुन बैठकले यसको निर्णय सहित चुनावी साधारण सभाको मिति तय गर्ने बताएको छ । 

महासचिव जितेन्द्र चन्दको संयोजकत्वमा गठित  अनुशासन कमिटिले हेल्प नेपाल र प्रतियोगितामा कालोपट्टी बाँधेको विषयमा अन्तर्राष्टिय एफआइभिबी रेफ्री गौतम लासिवासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव समेत रहेका अनुशासन कमिटीका सदस्य मनवीर छन्त्यालले न्युज कारखानासँग बताए । 

यस्तै, हेल्प नेपालमा सम्मिलित दुई भारतीय खेलाडी बिनितकुमार र रोहितकुमारलाई एक सिजन प्रतियोगिता खेल्न प्रतिबन्ध तथा गण्डकी प्रदेशका सुजन चोखाललाई एक वर्ष राष्ट्रिय स्तरीय प्रतियोगिता खेल्न प्रतिबन्ध लगाउन सिफारिस गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै