• २०८१ बैशाख १५ शनिबार

एभरेष्ट बैंकद्वारा बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको उद्घाटन

kharibot

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाहरु  उपलव्ध गराउनका लागि बर्दियाको राजापुरमा आफ्नो ११७औं शाखाको उद्घाटन गरेको छ ।

राजापुर नगरपालिकाका मेयर दिपेश थारु र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले  संयुक्त रुपमा राजापुर शाखाको उद्घाटन गरेका छन् । उक्त उद्घाटन समारोहमा बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष केदार थापा, राजापुर महानगरपालिका वडा– ४ का अध्यक्ष बिदुर पोखरेल र नेपाल प्रहरीका डीएसपी प्रकाश सापकोटाको पनि उपस्थिति रहेको थियो ।  

उद्घाटन कार्यक्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजापुर नगरपालिका वडा–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको थियो ।  

बैंकको हाल लाखौं ग्राहक संख्या रहेको छ । बैंकका हाल ११७ शाखा, १५१ एटिएम, ३१ राजस्व संकलन काउन्टर र यसको व्यापक विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय