• २०८१ बैशाख १५ शनिबार

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर मंगलबजार ललितपुरमा  

kharibot

काठमाडौँ l एभरेष्ट बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि ललितपुरको मंगलबजारमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्षमनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सन्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । 

बैंकले हालसम्म देशैभरि छरिएर रहेको आफ्नो ११६ शाखा संजाल, प्रादेशिक कार्यालय , १५० एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै