काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न चार देशका राजदुतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा कतारकालागि राजदुत डा. नरेशविक्रम ढकाल, चीनका राजदुत विष्णुपुकार श्रेष्ठ, अष्ट्रेलियाका राजदुत कैलाशराज पोखरेल र इजरायलकी राजदुत कान्ता रिजालले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।