• २०८१ बैशाख १४ शुक्रबार

वामदेव गौतमले घोषणा गरे नयाँ पार्टी, ७५ जनाको केन्द्रीय समिति

kharibot

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गरेका हुन् । 

नेकपाबाट एमाले र माओवादी केन्द्र पुनर्जीवित भएपछि निष्क्रिय रहेका गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेका थिए । उनी अब अन्ततः नयाँ राजनीतिक दलबाट फेरी सक्रिय भएका छन् । 

साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

तत्काललाई ७५ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) घोषणा गरेका छन् । पार्टी बहुपदीय प्रणालीमा जाने जानकारी दिइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै