• २०८१ बैशाख १४ शुक्रबार

सभामुख नेतृत्वको संसदीय टोली अजरबैजानतर्फ प्रस्थान

kharibot

काठमाडौँ । अजरबैजानको संसदको आयोजनामा २०७९ असार १६-१८ सम्म अजरबैजानको बाकुमा हुन गइरहेको नन अलिग्न्ड मुभमेन्ट पार्लियामेन्टरी नेटवर्कको सम्मेलनमा संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलवार बिहान त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखको स्वकीय सचिव गोविन्द पाठक रहेका छन् ।

उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका क्रममा सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ

सम्मेलन तर्फ प्रस्थान गर्ने प्रतिनिधि मण्डलका सहभागीलाई नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसदका महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले बिदाई गरेका थिए ।

प्रतिनिधिमण्डल असार १९ गते आइतबार बेलुका नेपाल फर्कने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै