• २०८१ बैशाख १४ शुक्रबार

कपिलवस्तुमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

kharibot

चन्द्रौटा । कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । 

टिपरको ठक्करबाट गम्भीर घाइते गुप्ताको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई ठक्कर दिएको हो ।

टिपर चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै