• २०८१ बैशाख १४ शुक्रबार

कपिलवस्तुमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

kharibot

कपिलवस्तु । कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका–३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आज बिहान ११ बजे ठक्कर दिएको हो । 

टिपर सहित चालकलाई वडा प्रहरी प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै