• २०८१ बैशाख १४ शुक्रबार

चिसो मान्छे आजवाट प्रदर्शनमा

kharibot

काठमाडौं ।  नेपाली चलचित्र चिसो मान्छे आजवाट प्रदर्शनमा आउने भएको छ । 

कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजवाट प्रदर्शनमा आउन लागेको हो । विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा स्वस्तिमा खड्काले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । ‘इनिसियल फेज’मा दर्शकलाई हलसम्म तान्न उनको बाजुराली लवज, लुक्स र गेटअपले काम गर्ने देखिन्छ ।

डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै