• २०८१ बैशाख १५ शनिबार

युक्रेनको नयाँ ठाउमा आक्रमण गर्ने पुटिनको चेतावनी

kharibot

काठमाडौँ । रुसको युक्रेनमा आक्रमण सयदिन भन्दा बढी भएको छ । यसैक्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई चेतावनी दिएका छन् ।

अमेरिकाले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्रहरू उपलब्ध गराउने घोषणा गरेपछि पुटिनको यस्तो चेतावनी आएको हो । समाचार एजेन्सी तासका अनुसार पुटिनले अहिलेसम्म आक्रमण नगरेका नयाँ लक्ष्यमा आक्रमण गर्ने चेतावनी दिएका हुन् यद्यपि, पुटिनले आफूले आक्रमण गर्ने लक्ष्यको नाम भने खुलाएका छैनन् ।

रुसको रक्षा मन्त्रालयले ओडेसाको ब्ल्याक सी बन्दरगाह नजिकै युक्रेनी सैन्य विमानलाई गोली हानेको जनाएको छ ।

यी विमानहरू ब्ल्याक सी बन्दरगाह नजिकै हतियार पुर्‍याउने काम गरिरहेका थिए । रक्षा मन्त्रालयका अनुसार रुसी मिसाइलले युक्रेनको सुमी क्षेत्रमा रहेको आर्टिलरी तालिम केन्द्रमा पनि आक्रमण गरेको थियो ।

रुसी राष्ट्रपति पुटिनले युक्रेनमा भएको आक्रमणमा आफूले धेरै अमेरिकी हतियार नष्ट गरेको बताएका छन् । अमेरिकाले युक्रेनलाई सहयोग गर्न यी हतियार दिएको थियो ।

रुसको युक्रेन आक्रमणपछि अहिलेसम्म एक करोड ४० लाख युक्रेनीले देश छोडेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै