काठमाडौँ । गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । गुजरातले आइतबार राति सम्पन्न आइपिलको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
राजस्थानले दिएको १३१ रनको लक्ष्य पछाएको गुजरात टाइटन्सले १८.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
गुजरातका लागि शुभमन गिलले अविजित ४५ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ३४ रन बनाएका थिए । त्यस्तै डेविड मिलरले अविजित ३२ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाउदै १३० रन बनाएको थियो ।
यसै सिजनमा पहिलो पटक सहभागी भएको गुजरात टाइटन्सले पहिलो पटकमै आइपिएलको उपाधि जितेको छ ।
यो जितपछि गुजरात आइपिएलको उपाधि जित्ने सातौ टिम बनेको छ ।
यस अघि मुम्बई इण्डियन्सले ५, चेन्नई सुपर किंग्सले ४, कोलकोता नाइट राइडर्सले २ तथा सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र डेक्कन चार्जरले एक एक पटक आइपिएलको उपाधि जितेका छन् ।