• २०८१ बैशाख १४ शुक्रबार

आइपिएल फाइनल आज, उपाधिका लागि गुजरात र राजस्थान आमने सामने

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को फाइनलमा आज गुजरात र राजस्थान आमने सामने हुदै छन् । आइपिएल जब मार्च २६ मा सुरु भयो, ठीक ६४ दिन अघि, कसैले पनि कल्पना गरेका थिएनन् की यी दुई टोली यस प्रतिष्ठित टूर्नामेंटको १५औं संस्करणको फाइनल खेल्नेछन् भनेर । तर एकातिर नयाँ नेतृत्वका साथ आइपिएलजस्तो विश्वको सबैभन्दा ठूलो टी–२० प्रतियोगितामा पहिलो पटक प्रवेश गरेको नयाँ टोली गुजरात, अर्कोतर्फ विगत केही सिजनमा खराब प्रदर्शनबाट गुज्रिएको कम अनुभवी कप्तानको नेतृत्वमा रहेको टोली राजस्थान ।

खेलाडीको लिलामीको दिनदेखि गुजरातको टोली छनोटको बारेमा धेरै कुरा सुनिएको थियो । सबैभन्दा पहिले कप्तान हार्दिक पाण्डेयको बारेमा चर्चा थियो कि चोटग्रस्त खेलाडी आफैंले फार्म खोज्दै टोलीका नयाँ खेलाडीलाई कसरी राम्रो नेतृत्व दिन सक्छ ?  साथै, टूर्नामेंटको ठीक अघि, यसको ओपनर जेसन रोय बायो बबलमा समस्याको कारण टोलीबाट बाहिरिएका थिए । अर्कोतर्फ राजस्थानका लागि भने सुरुदेखि नै टिम निकै बलियो रहेको बताइँदै आएको थियो । 

राजस्थानका लागि यस सिजनमा जोस बटलरले टोलीको जितको कमाण्ड लिदै हरेक खेलमा रन बनाए भने युजभेन्द्र चहलले बलरको कमाण्ड सम्हाले । लिग खेलपछि राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको र फाइनलपछि बटलरले ओरेन्ज क्याप र चहल पर्पल क्याप जित्ने अवस्था छ ।

यससँगै लिग राउण्डमा पहिलो नम्बरमा रहेको हार्दिकको टोली टूर्नामेंटभर अर्कै शैलीमा देखियो । हार्दिकले कप्तानको रूपमा देखाएको परिपक्कता र मैदानमा देखाएको संयमताले धेरै आलोचकहरूलाई फ्यानमा परिणत गरे । प्रारम्भिक खेलहरूमा मोहम्मद शामी, हार्दिक पाण्डेय, डेभिड मिलर, राशिद खान जस्ता अनुभवी खेलाडीहरूले जितको लगाम उठाए भने पछिल्ला खेलहरूमा शुभमन गिल र ऋद्धिमान साहको विशिष्ट खेलले टिमलाई फाइनलसम्म पुर्ययाए ।

हार्दिक भर्सेज सञ्जु 

सबैभन्दा पहिले दुबै टोलीका कप्तानको कुरा गरौं । एकातिर हार्दिक पाण्ड्या छन् जसको कप्तानीको प्रशंसा पूर्व प्रशिक्षक रवि शास्त्रीले पनि गरेका छन् । त्यसैले टोलीका उपकप्तान राशिद खानले उनलाई साहसी कप्तान भनेका छन् । टूर्नामेंटको क्रममा राशिदले भने- 'उनी (हार्दिक) त्यस्तो व्यक्ति हो जसले सधैं साहसी निर्णय लिन्छ र उसले के गर्न गइरहेको छ भन्ने बारे धेरै स्पष्ट दिमाग छ ।' 'खेलाडीको रूपमा, तपाइँलाई खेलको समयमा कप्तानको पक्षबाट एक प्रकारको स्वतन्त्रता चाहिन्छ। र यो केहि चीज हो जुन हार्दिकले हरेक खेलाडीलाई दिन्छ। उसले हामीलाई सकारात्मक ऊर्जा दिन्छ ।'

हार्दिक पाण्डेय यस आइपिएलमा भारतका पुर्वकप्तान महेन्द्र सिंह धोनीको झल्को दिए । जसको अहिले निकै प्रशंसा भैरहेको छ । सामान्यता मैदानमा आक्रामक रुपमा प्रस्तुत हुने हार्दिक मैदानमा तनावको बेला पनि उनले कुनै भाव देखाएनन्, त्यसैले यस आइपिएलमा सबैले फरक हार्दिक अनुभव गरेको बताइरहेका छन् । उनलाई भारतीय टिमको समेत कप्तानी गर्न सक्ने भनेर विश्लेषण हुन थालेको छ । हार्दिकमा तीन भारतीय कप्तान महेन्द्र सिंह धोनी, विराट कोहली र रोहित शर्माको झल्को यस आइपिएलमा देखिएको छ ।  यस वर्षको आईपीएलका लागि खेलाडीको लिलामी अघि हार्दिकले भनेका थिए- 'म विराटबाट मैदानमा रहेको जोश, आक्रामकता र उनको ऊर्जा लिन चाहन्छु । धोनीबाट म धैर्य, शान्त र त्यस्तै रहन चाहन्छु । सबै किसिमको परिस्थितिमा । म आफैंमा के नयाँ कुरा थप्न सक्छु भन्ने पनि लिन चाहन्छु । अर्कोतर्फ, म रोहितबाट खेलाडीले मैदानमा आफैंले खेलमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ भन्ने लिन चाहन्छु ।'

अर्कोतर्फ, जहाँ सञ्जु सामसनले ब्याट्सम्यानको रूपमा बटलरपछि टिमका लागि सबैभन्दा धेरै रन बनाए, त्यहाँ उनको कप्तानीको पार्थिव पटेल र इरफान पठान जस्ता क्रिकेटरहरूले बारम्बार प्रशंसा गरेका छन् । पार्थिव पटेल उनलाई यस आईपीएलको सबैभन्दा प्रभावशाली कप्तान मान्छन् । उनी भन्छन्- 'आईपीएल २०२२ मा सञ्जु सबैभन्दा प्रभावशाली कप्तान बनेका छन् । मैदानमा उनी शान्त देखिन्छन् । उनको निर्णय गर्ने आत्मविश्वास अचम्मको छ । उनले आफ्नो कप्तानीमा धेरै सुधार गरेका छन् ।' त्यसकारण इरफान पठानले पहिले ब्याटिङ गरेर विपक्षी टोलीलाई पछि बनाएको रनको सङ्ख्या बनाउन नदिने, उत्कृष्ट कप्तानी कौशल आवश्यक रहेको विश्वास गर्छन् ।

इरफान भन्छन्- 'सन्जु सैमसन यस सिजनका उत्कृष्ट युवा कप्तान मध्येका एक हुन् । जब विपक्षीलाई स्कोरबोर्डमा रन बनाउनबाट रोक्ने कुरा आउँछ, तब यो खेलमा कप्तानको ठूलो भूमिका हुन्छ, राजस्थान रोयल्सले गर्छ । नियमित रूपमा ।'

दुवै टोलीले लिग चरणमा १४ खेल खेलेका छन् । गुजरातले १० र राजस्थानले ९ जित हात पारेको थियो । पहिलो क्वालिफायरमा दुवै टोली आमनेसामने भएका थिए जहाँ गुजरातले राजस्थानलाई हराएर सिधै फाइनलमा प्रवेश गरेको थियो । त्यसपछि राजस्थानले लखनउबाट एलिमिनेटर खेल जित्यो र दोस्रो क्वालिफायरमा बैंगलोरलाई पराजित गर्यो ।
अब जब दुवै टोली फाइनलमा एकअर्काको अगाडि उभिरहेका छन्, तब ती खेलाडीको कुरा गरौं जसको प्रदर्शनले दुवै टोलीलाई यहाँसम्म पुर्याएको छ ।

राजस्थानका लागि प्रतियोगितामा उत्कृष्ट पाँच खेलाडीमध्ये जोस बटलरले ८२४ रन र सञ्जु सामसनले ४४४ रन, युजभेन्द्र चहलले २६ र प्रसिद्ध कृष्णले १८ विकेट लिएका छन् भने रविचन्द्रन अश्विनले अलराउन्ड प्रदर्शन गर्दै १८५ रन बनाएका छन् भने १२ विकेट पनि लिएका छन् । 

अर्कोतर्फ, गुजरातका लागि यसका कप्तान हार्दिक पाण्ड्या आफ्नो अलराउन्ड प्रदर्शनका साथ शीर्ष प्रदर्शनकर्ता हुन् । उनले ४५३ रन बनाएर पाँच विकेट पनि लिएका छन्, त्यो पनि ती महत्वपूर्ण अवसरहरूमा जब टोलीलाई उनको सबैभन्दा बढी आवश्यकता थियो । योसँगै डेभिड मिलरले ४४९ रन बनाएका छन् भने शुभमन गिलले ४३८ रन बनाएका छन् । मोहम्मद शामीले १९ विकेट लिए भने राशिद खानले १८ विकेट लिएर दुई पटक जित दिलाउन आफ्नो ब्याटिङ देखाउँदै ९१ रनको योगदान दिएका छन् ।

यस प्रतियोगितामा यी दुई टोली दुई पटक आमनेसामने भएका र दुवै पटक गुजरातले राजस्थानलाई हराएको हुँदा पहिलो नजरमा गुजरातको अग्रता छ । तर यस विषयमा क्रिकेट विज्ञहरुको मत विभाजित छ । दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रीन स्मिथले स्टार स्पोर्ट्समा दुबै टोली च्याम्पियनले भरिएकाले कसले जित्छ भनी दाबी गर्न गाह्रो रहेको बताए । तर उनको विचारमा, राजस्थान गुजरातभन्दा अलिकति माथि रहेको छ । यसका पछाडिको कारण बताउँदै उनले सञ्जुको टिमले यो मैदानमा खेल खेलेकोले यहाँको वातावरण–पिच, पिचमा बाउन्स, आउटफिल्ड जस्ता कुराहरुरहेको बताए ।

आईपीएल २०२२ को यो सबैभन्दा ठूलो खेलका लागि दुवै टोली तयार छन् । के बटलरले दबाब महसुस नगरी मोहम्मद शामी र राशिद खानको बलमा ठूला शटहरू प्रहार गर्नेछन् ? के प्रसिद्ध कृष्ण मिलरलाई चौका र छक्का प्रहार गर्नबाट रोक्न सक्षम हुनेछन् ? चहल र आश्विनको बलमा हार्दिकको रणनीति के होला ? यो सबै प्रश्नको जवाफ आजराति हुने आईपीएल फाइनल खेल पछि नै पाइने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै