काठमाडौं । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो ।
संसद सचिवालयले ३:४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्रह गरेको छ । त्यसअघि शनिबार सरकारले संसदबाट नीति तथा कार्यक्रम पारित गरेको छ ।
संबिधानमा नै जेठ १५ गते बजेट पेश गर्नु पर्ने प्रावधान राखिएकाले आइतबार बजेट आउन लागेको छ ।