• २०८१ बैशाख १४ शुक्रबार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा काँग्रेस विजयी

kharibot

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।

नगरप्रमुखमा काँग्रेसका अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार ओंकारनाथ शुक्लले २ हजार ४७४ मत पाए । मुसलमान दोश्रो कार्यकालका लागि प्रमुख बनेका हुन् । 

त्यसैगरि उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रीताकुमारी कुर्मी ११ हजार १६७ मतसहित विजय भइन् । उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत र लोसपाकी उम्मेदवार साबित्री देवी कुर्मीले २ हजार ५ सय ५ मत पाइन ।

उपप्रमुख जितेकी रीताले सासुको मृत्युपछि उपमेयरको टिकट पाएकी हुन् । उनकी सासु शुभावतीको उम्मेदवारी दर्ता गरेपछि निधन भएको थियो । त्यसपछि काँग्रेसले रीतालाई उम्मेदवार बनाएको हो । शुभावतीले २०७४ को चुनाव जितेकी थिइन् । उपप्रमुख उम्मेदवार शुभावतीको मृत्युका कारण महाराजगञ्जमा ३ जेठमा चुनाव भएको हो ।

११ वटा वडा रहेको महाराजगंजमा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुख सहित ८ वटा वडा जितेको छ । त्यसैगरि नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीले एक एक वडामा जितेका छन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै