• २०८१ बैशाख १५ शनिबार

रुपन्देहीको मर्चवारी गाउँपालिका प्रमुखमा हृदयेश त्रिपाठीको पार्टी विजयी

kharibot

बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली कांग्रेसका ज्ञान प्रकाश मिश्रलाई हराउँदै हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका गया बरई विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट नै मर्चवारीको टिकट पाउने तीव्र चर्चामा रहेको बरई अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए ।

गया बरईले चार हजार ३८४ मत प्राप्त गरे भने पराजित उम्मेदवार ज्ञान प्रकाश मिश्रले तीन हजार २४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

यस्तै उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह दुई हजार ९६५ मत ल्याई विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको सुमन यादवले दुई हजार ४०९ मत प्राप्त गरिन् ।

वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टीका कृष्णकुमार सिंह ७६३ मत ल्याई विजयी घोषणा भए भने उनका निकटतम प्रतिद्वन्द्वी क्षेत्रीय सभापतिसमेत रहेका नेपाली कांग्रेसका मुकेश यादवले ७३७ मत प्राप्त गरे ।

वडा नम्बर २ मा लोसपाकै शशिदयाल चौधरी ९८३ मत सहित विजयी भए उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सुरेन्द्रनाथ मिश्र ४७२ मतल ल्याए । वडा नम्बर ३ मा नेपाली कांग्रेसका जर्नादन यादव ५७७ मत ल्याई विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका सन्तोष कुमार बरईले ४४८ मत पाए । वडा नम्बर ४ मा लोसपाका ओम प्रकाश चौधरी ४९४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अनिल यादवले ४४१ मत प्राप्त गरे ।

वडा नम्बर ५ मा जनता प्रगतिशील पार्टीका कृष्ण कुमार सिंह ५४४ मत ल्याई विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नारद यादवले ४४४ मत पाए । वडा नम्बर ६ मा जनमत पार्टीका रामसेवक खरविन्द ६८७ मत ल्याइ विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका अमरनाथ कुर्मीले ६७९ मत पाए । वडा नम्बर ७ मा जनता प्रगतिशील पार्टीका गनेश चौधरी कुर्मी ४८७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका मातीबर कोहारले ४७८ मत पाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै