काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा पुग्ने सम्भावना बढाएको छ ।
विहिबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोर आइपिएलको प्लेअफमा पुग्ने सम्भावनालाई जिवितै राखेको हो ।
गुजरातले दिएको १६९ रनको लक्ष्य पछाएको बैंगलोरले १८.४ मा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।
यो जितपछि बैंगलोरको १४ खेलमा १६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।
अब बैंगलोरको प्लेअफको यात्रा बारे शनिबार हुने दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीचको खेल पछि तय हुने भएको छ । सो खेलमा दिल्लीले जितेमा बैंगलोर प्लेअफमा नपुग्दै बाहिरिने छ भने दिल्ली हारेमा बैंगलोर प्लेअफमा पुग्ने छ ।
त्यस्तै बैंगलोरले गुजरातलाई पराजित गरेसँगै सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सको प्लेअफको यात्रा टुंगिएको छ । हाल १३ खेलमा १२ अंक रहेका यी दुवै टिम अब प्लेअफमा पुग्ने छैनन् ।
जारी आइपिएलमा गुजरात शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ भने लखनउ र राजस्थान रोयल्स पनि प्लेअफमा पुगिसकेको छ ।
अब प्लेअफमा पुग्ने चौथो टिम दिल्ली र बैंगलोर मध्ये एक हुने छ ।
जारी आइपिएलमा अब कोलकोता, पञ्जाव, सनराइजर्स, चेन्नई र मुम्बई प्लेअफमा नपुगी बाहिरने भएका छन् ।